रिन्यूएवल वर्ल्डको प्राविधिक तथा आर्थिक सहयोग र सुन्दर नेपाल संस्था, सुर्खेतसँगको साझेदारीमा सुर्खेत जिल्लाको पानीको स्रोत भन्दा माथि दुर्गम बस्तीमा रहेका समुदायहरुमा पर्याप्त घरायसी तथा उत्पादनमूलक प्रयोगका लागि स्वच्छ उर्जा प्रविधिको प्रयोग गरी पम्पबाट पानी तानेर दैनिक प्रयोजन र जीविकोपार्जनका अवसरहरु सृजना गरी दिगो पानी तथा सरसफाईको पहुँच र प्रयोगमा सुधार ल्याउनको निम्ति सन् २०२५ जुलाई देखि Renewable Energy Access for Livelihoods in Fragile Buffer Zone Phase 2 परियोजना संचालन भईरहेको छ । यस परियोजना अन्तर्गत भेरीगंगा नगरपालिका, सुन्दर नेपाल संस्था र ठुलो गोगन खोली सोलार लिफ्टिङ्ग खानेपानी आयोजना उपभोत्ता समितिको साजोदारीमा, भेरीगंगा नगरपालिका वडा नं. ४, हर्रे मसिनामा स्वच्छ पिउने पानीको उपलब्धता गर्ने र लघु सिंचाई मार्फत पानीको सदुपयोग गरी आयआर्जनमा बृद्घि गर्न ठुलो गोगन खोली सोलार लिफ्टिङ्ग खानेपानी आयोजना निर्माण गर्न गई रहेको छ । यस परियोजना अन्तर्गत भेरीगंगा नगरपालिका, वडा नं. ४, हर्रे मसिनामा स्वच्छ पिउने पानीको उपलब्धता गर्ने र लघु सिंचाई मार्फत पानीको सदुपयोग गरी आयआर्जनमा बृद्घि गर्न ठुलो गोगन खोली सोलार लिफ्टिङ्ग खानेपानी आयोजना निर्माण गर्न गईरहेको छ । उक्त आयोजनामा स्वच्छ पिउने पानीको उपलब्धता गराउन कोलोरीनेशन प्रणाली जडान गर्नका लागी यो कोटेशन सुन्दर नेपाल संस्थाले माग गरेको छ । आधिकारीक, योग्य तथा इच्छुक सेवा प्रदायक फर्म/सप्लायर्स/आपूर्तिकर्ता/कम्पनीहरुबाट आजको मितिले ०५ दिन भित्रमा विधिवत रुपमा भरिएको कोटेशन फारामहरु सुन्दर नेपाल संस्था को तल उल्लेखित कार्यालयमा तोकिएको समय सीमा भित्र रीतपूर्वक बुझाउन यो सूचना प्रकाशित गरिन्छ । परियोजनालाई प्राप्त भएका कोटेशन मध्येबाट प्रतिस्पर्धामा प्रक्रिया पुर्याएर आएका फर्म/सप्लायर्स/आपूर्तिकर्ता/कम्पनीहरु मध्येबाट गुणस्तरीय सामाग्री, सस्तो मूल्यमा समयमा नै उपलव्ध गराउने फर्म/सप्लायर्स/आपूर्तिकर्ता/कम्पनीलाई छनौट गरिने छ । कोटेशन सुन्दर नेपाल संस्थाको वेभसाईड www.sundarnepal.org.np बाट डाउनलोड गरी विधिवत रुपमा भरिएको कोटेशन यस संस्थाको इमेलःquotation@sundarnepal.org.np मा folder मा Password राखि email गर्नहुन अनुरोध छ ।