सुन्दर नेपाल संस्थाले केयर नेपाल र आई.डि नेपालसङ्ग साझेदारी गरी सुर्खेत जिल्लाका पाँच वटा स्थानीय तहहरु भेरीगंगा, लेकबेशी, गुर्भाकोट, बीरेन्द्रनगर नगरपालीका र बराहताल गाँउपालीका मा सुनौला १००० दिनका आमा र बच्चाहरुको स्वास्थ्य र पोषणको अवस्थामा सुधार गर्ने उद्देश्यले पोषण कार्यक्रम (NURTURE EVERY FUTURE: POSHAN) संचालन गरिरहेको छ । उल्लेखित कार्यक्रमबाट छनौट भएका लक्षित समुदायका स्वास्थ्य आमा समुहसङ्ग आबद्ध भएकाहरुलाई किसान कार्डको माध्यमबाट घरायसी पोषण बगैँचा निर्माण गरी कृषि उत्पादन गर्न आवश्यक बिउबिजन, मल, औजार तथा उपकरण आदी सामाग्रीहरु सहयोग उपलब्ध गराउने योजना गरिएको छ । यसर्थ सम्बन्धित नगरपालीका/गाँउपालीका भित्र उल्लेखित सामाग्रीहरु उपलब्ध गराउन प्रचलित कानुन बमोजिम दर्ता भएका फर्म, एग्रोभेटहरुलाई आवश्यक कागजात सहित तोकिएको मिति र समयभित्र दर्ता भई किसान कार्ड र कृषि सामाग्री पेपर भाउचर पद्धतिमा समावेशका लागि आवेदन पेश गर्न यो सार्वजनिक सुचना आव्हान गरिएको छ ।