जुगेपानी बैशपानी (मर्मत) खानेपानी तथा सरसफाइ उपभोक्ता, सिम्ता ७, सुर्खेत
काँडासिम्ता खानेपानी तथा सरसफाइ उपभोक्ता, सिम्ता ९, सुर्खेत
को
संयुक्त खरिद समिति
सिम्ता, सुर्खेत
सिलवन्दी दरभाउपत्र आव्हानको सूचना
दोश्रो पटक प्रकाशित सूचना: मिति: २०८२ माघ १९ गते
एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रम, हेल्भेटास नेपालको आर्थिक सहयोगमा स्थानीय साझेदार संस्था सुन्दर नेपाल संस्था, विरेन्द्रनगर सुर्खेतको सहजीकरणमा सिम्ता गाउँपालिका, सुर्खेतमा संचालित खानेपानी तथा सरसफाइ योजनाहरुको लागि खानेपानी योजना निर्माणमा प्रयोग हुने निर्माण सामाग्रीहरु खरिद गर्नुपर्ने भएकोले सिलवन्दी दरभाउपत्रमा उल्लेख गरिएको शर्तहरु र सामाग्रीको गुणस्तर (स्पेसिफिकेशन) बमोजिमको सामाग्रीहरु सप्लाई गर्न इच्छुक मूल्य अभिवृद्धि करमा दर्ता भएका आपूतिकर्ता, फर्म वा कम्पनिबाट निम्न शर्तहरुको अधिनमा रही सिलबन्दी दरभाउपत्र आव्हान गरिएको छ ।
नोटः सिलबन्दी दरभाउपत्र डाउनलोड गर्ने लिङ्कः click here