सुन्दर नेपाल संस्था (BNA), सामुदायिक विकासमा क्रियाशील एक मुनाफारहित गैह्र सरकारी संस्था हो । CARE Nepal र iDE Nepal को संयुक्त साझेदारीमा सुन्दर नेपाल संस्थाको सहजीकरणमा Mother and Child Wellbeing (MCW) project सुर्खेत जिल्लाको ५ वटा पालिकाहरुमा खाद्य सुरक्षा, पोषण, स्वास्थ्य, खानेपानी, सरसफाई तथा स्वच्छता, बजारीकरण, लैगिक समानता र सामाजिक समावेशिकरणका लागि लक्षित बर्गहरुको व्यबहारमा रुपान्तरण गर्दै पूर्ण क्षमताको विकासका लागि सुर्खेत जिल्लाको वराहताल गाउपालिका, वीरेन्द्रनगर, भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिकामा Mother and Child Wellbeing (MCW)/POSHAN परियोजना लागू गरेको छ । यस परियोजनाका लागि तपसिल अनुसारका परामर्स दाताको आवश्यकता परेकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरू वा परामर्शदाता फर्महरूबाट कोटेशन आह्वान गरिएको छ ।