सुन्दर नेपाल संस्था (SNS) सुर्खेत समुदायिक विकासमा क्रियाशील एक मुनाफारहित सामाजिक गैह्रसरकारी संस्था हो। सुन्दर, आदर्श र समुन्नत समाजको परिकल्पना, समाज विकास, परिवर्तन र न्याय हाम्रो चाहना भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै जनस्तरमा सहभागितात्मक विकासमूलक कार्यक्रमबाट समाजमा महिला, गरीव, विपन्न, दलित, तथा पछाडी पारिएका समुदायका समूह तथा व्यक्तिहरुलाई संस्थाको लक्षित समुदाय बनाइ जीवनस्तर माथि उठाउनका लागि विधिवत रुपमा २०५३ साल माघ ६ गतेका दिन जिल्ला प्रशासन कार्यालय सुर्खेतमा दर्ता भई ग्रामीण समुदायमा वैकल्पिक ऊर्जा, कृषि, सिचाईं, शिक्षा, स्वास्थ्य, चेतनाविकास, खानेपानी, मानव अधिकार, महिला, बाल-बालिका, पछाडी पारिएका वर्गका समुदायमा कार्यरत रहेको छ ।
यसै सन्दर्भमा UNDP / BIOFIN को सहयोगमा सुन्दर नेपाल संस्थाको प्राबिधिक तथा सामाजिक सहजीकरणमा सञ्चालित Human-Wildlife Coexistence Insurance Scheme परियोजनाका लागि बर्दिया जिल्ला ठाकुर बाबा नगरपालिकामा कार्य गर्ने गरी ४ जना स्थानीय विमा सहजकर्ता (Local Insurance warrior-) आवश्यक परेकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट आवेदन आव्हान गरिन्छ ।
पदः स्थानीय विमा सहजकर्ता (Local Insurance warrior-)
आवश्यक संख्याः ४ जना